नियम १०
अक्षय कोषको व्यवस्था

(१) बोर्डले एउटा अक्षय कोषको स्थापना गर्नेछ र सो कोषमा प्रत्येक वर्ष बोर्डले तोकिदिए बमोजिमको रकम जम्मा गरिनेछ ।
(२) अक्षय कोषमा रहेको रकम बोर्डले मुद्दती खातामा राख्न वा नेपाल सरकारले निष्काशन गरेको धितोपत्रमा लगानी गर्न सक्नेछ ।
(३) अक्षय कोषमा रहेको रकम मध्येबाट आर्जित आय बाहेक सो कोषमा रहेको रकम खर्च गर्न सकिने छैन ।